प्रताप दासको अन्जानैमा


गायक प्रताप दासद्वारा स्वरबद्व नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
सरोज पोखरेलद्वारा संगीतबद्ध अन्जानैमा बोलको गीत म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो।
सत्यराज चौलागाईंद्वारा रचित गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ। भिडियोमा दीपक घिमिरे र मीनाक्षी महताराले मोडलिङ गरेका छन्। भिडियोमा उनीहरूको जोडीलाई आकर्षक देखिएको छ। म्युजिक भिडियो नीतीन चन्दले निर्देशन गरेका छन्। भिडियो रूपेश थापाले छायांकन गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।