नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको सिफारिस

0
Shares

ओस्लो, (एजेन्सी) । 

केहि साता अघि मात्र संयुक्त अरव इमिरेटस ९ युएइ ० र इजरायलबिचको ऐतिहासिक शान्ति प्रक्रिया सफल मध्यस्थकर्ताको भुमिका निभाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२१ को नोवल शानित पुरुस्काका लागि मनोनित गरिएको छ ।

विश्वभरिको द्वन्द्व समाधानका लागि भएका ट्रम्पका प्रयासका प्रशंसा गर्दै आएका नर्वेली संसदका विधायक क्रिस्टियन टाइव्रिन्ग– जेद्धेले उनलाई छनौट गरेका हुन् ।

चार पटक संसद सदस्य रहिसकेका तथा नेटो संसदिय सभाका लागि नर्वेली प्रतिनिध मण्डलका अध्यक्ष जेद्धेले फोक्स न्युजलाई भनेका छन् , ‘ मेरो बिचारमा अन्य थुप्रै शानित पुरुस्कारका दावेदारको तुलनामा ट्रम्पले राष्ट्रहरुबिच शान्ति स्थापना गर्न सबैभन्दा बढि प्रयास गरेको छन् । युएइ र इजरायलबिच कुटनीतिक समवन्ध स्थापना गर्न ट्रम्प सरकारले महत्वपूर्ण भुमिका निभाएको छ । ’