भारतमा एकैदिन ७५ हजार बढीमा काेराेना संक्रमण पुष्टि



काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र ७५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

सोही अवधिमा त्यहाँ एक हजार १२९ जनाले संक्रमितले ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ ।

त्यहाँ हालसम्म कोरानाका कारण ७२ हजार ८१६ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार ३४८ रहेको छ। हालसम्म ३३ लाख २१ हजार ४२० जना उपचारपछि निको भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्