इच्छामृत्युको अनुमति नपाएपछि लाइभ स्ट्रिमिंगमा मृत्युवरण



पेरिस (एजेन्सी)

फ्रान्समा एक ब्यक्तीले शनिबार आफ्नो मृत्युको लाइभ स्ट्रिमिंग शुरु गर्यो । ती ब्यक्ती कयौं रोगबाट ग्रस्त थिए । त्यसैले लामो समयदेखि धरै कठिनाइ भोगिरेहका उनले राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग इच्छा मृत्युको अनुमति दिन अपिल गरेका थिए । जसलाई कानुन नभएका कारण म्याक्रोंले खारेज गरेका थिए ।

५७ बर्षीय अलायन कोक विगत ३४ बर्ष देखि कयौं असाध्य रोगबाट ग्रस्त भएको समाचारमा जनाइएको छ । त्यसैले उनले राष्ट्रपति म्याक्रोंलाई पत्रमार्फत इच्छामृत्युको अनुमति दिन माग गरेका थिए । राष्ट्रपतिले उनलाई जवाफमा फ्रान्सको कानुनले यसको अनुमति नभएको जानकारी गराएका थिए । त्यसले आजित भएका अलाइन कोकले शनिबार आफनो मृत्युको लाइभ स्ट्रिमिग गर्ने घोषणा गरेका थिए ।

अलाइन कोकेले शुक्रबार राती देखि पुर्वी फ्रान्सको डेजोन स्थिति आफनो घरबाट जारी एक भिडियोमा आफुले अन्तिम भोजन लिएको बताएका थिए । मैले मन बनाइसकेँ र अब म शान्त छु । इच्छामृत्युको कानुनलाई लिएर नागरिकको ध्यान आकर्षित हुन्छ भन्ने मनसायल आफनो मृत्युको लाइभ स्ट्रिमिंग गरिरहेको उनले बताए ।

फ्रान्सका छिमेकी देश स्विजरल्यान्ड, बेल्जियम र नेडरल्यान्डमा केही परिस्थितिमा विरामीलाई इच्छामृत्युको अनुमति दिन सकिने कानुनी प्रावधान छ । क्याथोलिक चर्चको दबावमा फ्रान्सले इच्छामृत्यु कानुनलाई अनुमति दिएको छैन । किनभने इसाई धर्ममा इच्छामृत्यलाई पाप सम्झिन्छ ।

म्याक्रोंले जवाफमा लेखेका थिए, मर्नका लागि सक्रिय सहायताको अनुरोध गरिएको छ जसलाई बर्तमान हाम्रो देशमा अनुमति छैन । म कानुन भन्दा माथि छैन, त्यसैले म तपाईको अनुरोधको पालना गर्न असमर्थ छु ।
त्यसपछि कोकले आफु जस्ताको अवस्थामा रहेका विरामीलाई मर्न चिकित्सकिय सहायताको अनुमति दिन फ्रान्सको कानुनमा परिवर्तन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्