अक्टोबरसम्ममा कोविड १९ को खोप उपलब्ध गराउने ट्रम्पको बयान गलत



न्युयोर्क (एजेन्सी)
अक्टोबर सम्ममा कोविड १९ को खोप उपलक्ध गराउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयान गलत भएको एक विज्ञले बताएको छ । मेडिकल जर्नल द लान्सेटका प्रधान सम्पादक रिचर्ड हार्टनले सीएनएनसँगको साक्षात्कारमा अक्टोबरको अन्त्यसम्म सार्वजनिक उपयोगका लािग कुनै खोप उपलब्ध हुन नसक्ने भएकोले राष्ट्रपति ट्रम्प यस विषयमा गलत भएको बताए ।
हार्टनलाई उदृत गर्दै सीएनएनले भनेको छ, यदि हामी एक मात्र गल्ती गरेर खोपलाई चाँदो लाइसेन्स दिन्छ भने यसबाट हामीले कति कठिनाई भोग्नु पर्ने हुन्छ । त्यसैले हामी आवश्यक कुरामा कटौती गर्न सक्दैनौं । अक्टोबरको अन्त सम्म सार्वजनिक उपयोगका लागि खोप उपलब्ध हुन सक्दैन ।
हार्टनले भने, प्रष्ट रुपमै राष्ट्रपति ट्रम्प यस िविषयमा गलत छ । यसतो किन बोलिरहेको छ मैले बुझ्न सकिरहेको छैन । किनभने उनका सल्लाहकार निश्चित रुपमा उनलाई बताइरहेको छ भन्ने कुरा असम्भव हो ।
रुसद्वारा विकसित गरिएको एक खोपको परिणाम उत्साहजन भएको तर उक्त खोप सार्वजनिक उपयोगका लागि हुन्छ भन्ने निस्कर्षमा पुग्नु पुरै असामयिक हुने उनले बताए ।
रुसको उक्त खोप मानव परीक्षण अत्यन्तै कम ब्यक्तीहरुमा गरिएको छ । ट्रम्पको अमेरिकामा कोरोना भाइरस खोप उपलब्ध गराउने समयलाई लिएर कठोर टिप्पणी गर्ने हार्टन एक्लै होइनन् । डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार कमला हेरिसले पनि शनिवार ट्रम्पमाथि निसाना सोझ्याउँदै नोभेम्बरको चुनाव अघि अमेरिकामा प्रयोग हुने कुनै पनि कोरोनाभाइरस खोपको सुरक्षालाई लिएर राष्ट्रपतिको बयानमा विश्वास नगर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्