बर्मिंघम शहरमा छुरा आक्रमण



लन्डन,(एजेन्सी)

वेलायती प्रहरीले आइतवार बिहान सवेरै बर्मिंघम शहरको मध्य भागमा भएके छुरा काण्डबारे व्यापक अनुसन्धान कार्य शुरु गरेको छ । यस घटनामा एकजना पुरुषको घटनास्थलमै ज्यान गएको छ भने अर्का एक पुरुष र महिला गम्भीर घाइते हुन पुगेको प्रहरीले जनाएको छ ।

अन्य पाँच जना घाइतेको अवस्था भने जोखिम मुक्त रहेको अस्पताल सुत्रले जनाएको छ । प्रहरी प्रमुख आयुक्त स्टिभ ग्राहमले यस आक्रमणमा आतंकवादको हात रहेको कुनै संकेत नदेखिएको पत्रकारहरुलाई बताएका छन् । मिड्ल्यान्डसका प्रहरीले यस आक्रमणमा संलग्न रहेको आशंकामा एक पुरुषको व्यापक खोजि कार्य जारी राखेका छन् ।

यस सिलसिलामा प्हरीले लाइभरी स्ट्रिट , इर्भिंग स्ट्रिट र हस्र्ट स्ट्रिट लगायत शहरको वरपरका अन्य क्षेत्रमा सुरक्षा स्थिती थप बलियो बनाउँद ैखोजि जारी राखेका छन् । यस घटना समबन्धमा केहि जानकारी भएमा प्हरी वेवसाइटको लाइभ च्याट मार्फट प्रहरीलाई सम्पर्क गर्न वा १०१ नम्वरमा फोन गर्न सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्