पब्जीसहित ११८ एपमाथि भारतकाे प्रतिबन्ध : चीनको कडा आपत्ति



काठमाडौं । आफ्नो देशका ११८ एपमाथि भारतले प्रतिबन्ध लगाएपछि चीनले कडा आपत्ति जनाएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार वाणिज्य मन्त्रालयका प्रवक्ता गाव फ्याङले शुक्रबार आयोजित एक प्रेस ब्रिफिङमा गम्भीर चाँसो व्यक्त गरेका हुन् ।

राष्ट्रिय सुरक्षाको मामिलामा भारतले दुर्व्यवहार गरिरहेको र भारतको यो कदमले विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमको उलंघन गरेको मन्त्रालयका प्रवक्ता गाव फ्याङले बताए ।

प्रवक्ता गाउ फाङले भनेका छन्, ‘प्रतिबन्धले चिनियाँ लगानीकर्ता र सेवाप्रदायकको कानूनी अधिकार र हीतको मात्र उलंघन गरेको छैन, यसबाट भारतीय उपभोक्ताको हीतमा समेत क्षति पुर्‍याएको छ र भारतमा खुल्ला अर्थव्यवस्थामा लगानी गर्ने विषयमा समेत असर पारेको छ ।’

चीनले भारत सरकारलाई तत्काल आफ्नो गल्ति सच्याउन आग्रह समेत गरेको छ ।

प्रवक्ताले अगाडि भनेका छन्, ‘हामी आशा गर्छौं कि भारतीय पक्ष चिनियाँ पक्षसँग मिलेर दुवै देशबीच निकै मेहनतपूर्वक हासिल गरिएको सहयोग र विकासलाई जारी राख्नेछ । ता कि खुल्ला र निष्पक्ष रुपमा व्यवसायको यस्तो माहोल बन्न सकोस्, जसमा अन्तर्राष्ट्रिय लगानीकर्ता र सेवादाता कम्पनीहरु आउन सकुन् । जसमा चिनियाँ कम्पनी समेत सामेल होउन् ।’

भारतले बुधबार चीनमा विकसितचर्चित गेमिङ एप पब्जी समेत गरी ११८ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

इलेक्ट्रोनिक एण्ड टेक्नोलोजी मन्त्रालयको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘भारतको संप्रभुता एवम् अखण्डता, देशको रक्षा र लोक व्यवस्था विरुद्धको गतिविधिमा संलग्न रहेको पाइएपछि यी एपमाथि यसप्रकारको प्रतिबन्ध लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्