पाकिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या



एजेन्सी ।

पाकिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ ।

रकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यरत शाहिना शाहिनको शनिबार गोली हानि हत्या गरिएको हो । यसअघि गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारको गोली हानी हत्या गरिएको थियो ।

रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्