भारत र चीनबीच सीमाक्षेत्रमा भएको झडपमा परी भारतीय सैनिकको मृत्यु



एजेन्सी ।

भारतीय र चीनीयाँ सैनिकबीच सीमाक्षेत्रमा भएको झडपमा परी भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

शनिबार राति भएको झडपमा परी उक भारतीय सैनिकको मृत्युु भएको द गार्जियनले उल्लेख गरेको छ । यस अघि भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । झगडाको विषयमा भारतले भने चीनले आफ्नो भूमी मिच्दै आएको आरोप लगाएको छ ।

दुवै पक्षले आधिकारिक रुपमा झडपमा भएको हताहतीको विवरण भने बाहिर ल्याएका छैनन् । सीमाक्षेत्रमा तनाव बढ्दै गएपछि दुई देशले हजारौं संख्यामा सैनिक खटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्