कोरोना महामारीमा जूमको अप्रत्याशित आर्थिक सफलता



लन्डन,(एजेन्सी) ।

हाल विश्वभरि लोकप्रिय भिडियो कन्फे्रन्सिंग एपको रुपमा रहेको जूमले कोरोना भााइरस महामारीका कारण दोश्रो त्रैमासिक नाफा दोब्बर भन्दा बढि कमाउन सफल भएको छ ।

३१ जुलाई सम्म तीन महिना भित्र मात्र यसको राजश्व संकलन ३ सय ५५ प्रतिशतले वृद्धि भएर ६६ करोड ३५ लाख अमेरिकी डलर पुगेको छ । यो विश्लेषकहरुको अनमानित नाफा रकम भन्दा बढि हो । तिनीहरुले सो अवधिभित्र जूमले ५० करोड ५ लाख डलर सम्म कमाउन सक्ने संभावना प्रक्षेपण गरेका थिए । सन् २०१९ को तुलनामा सोहि अवधिभित्र ग्राहकको संख्यामा ४ सय ५८ प्रतिशत तथा नाफामा १८ करोड ६० लाख डलर वृद्धि भएको थियो । टाढा टाढाबाट र विकट स्थानमा पनि घरैमा बसी काम गर्ने सरल विकल्पको रुपमा जूमको व्यापक प्रयोग बढिरहेको छ ।

सोमवार जूमको विश्ववजारमा सेयरले पनि नयाँ किर्तिमान कायम गर्दै ३२ करोड ५१ लख डलर वरावरको कारोवार गरेको छ । साथै यसको वार्षिक कारोवार ३० प्रतिशतले वृद्धि भएर २ अर्व ३७ करोड देखि २ अर्व ३९ करोड सम्म पुग्ने अनुमान गरिएको छ ।

शुरुमा वािर्षक सेयर कारोवार १ अर्व ७८ करोड देखि १ अर्व ८० करोड डलरसम्म हुनसक्ने अनुमान गरिएको छ । आफ्नो सेवा निशुल्क प्योग गनेहरु भन्दा पेसा तिर्ने ग्राहक उच्च बजेट रहेका कर्पोरेट गहकहरलाई ठूलो परिमाणमा आकर्षण गर्न सक्नु नै जूमको सबैभन्दा ठूलो सफलता हो ।

प्रतिक्रिया दिनुहोस्