अमेरिकामा कोरोना खोपको परीक्षण अन्तिम चरणमा : ट्रम्प



वासिंगटन,(एजेन्सी) । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एस्ट्राजेनेका औषधि निर्माण कम्पनीले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको खुशीको खवर सार्वजनिक गरेका छन् । उनले एस्ट्राजेनेकाको खोपलाई अमेरिकी सरकारले यथाशिघ्र कोरोना संक्रमितहरु माथि प्रयोग गर्न अनुमति दिने तयारी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘ एस्ट्राजेनेकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा मलाई निकै खुशी लागेको छ । हुन त अरु पनि खोपहरु अहिले तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । अमेरिकामा हामीले आम मानिसको सोचभन्दा बाहिर गएरे काम गरिरहेका छौं । ’

ट्रम्पले यो मेडिकल प्रक्रियाका लागि वर्षौं लामो समय लाग्न सक्थ्यो भन्दाभन्दै अमेरिकी सरकारले केही महिनाभित्रैमा यस्तो ऐतिहासिक सफलता हासिल गर्न सकेको दाबी गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले तयार पारेको एस्ट्राजेनेकाको खोप संयुक्तराज्य अमेरिकाका ८० वट विभिन्न स्थानमा करिब ३० हजार वयस्क स्वयमसेवकलार्ई लगाउने तयारी गरिएको छ ।

एस्ट्राजेनेकाले एक व्यक्तव्य जारी गर्दै संयुक्तराज्य अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिको उमेरका करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको जनाएको छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा नयाँ कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भाव्य व्यक्तिलाई दिइने भएकोछ ।

एस्ट्राजेनेकाले जनवरी २०२१ सम्ममा कोभिड–१९ का लागि प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित कार्य गरिरहेको छ । कम्पनीले पहिलो चरणमा करिब ३० करोड सुरक्षित खोप उत्पादन गरी वितरण गर्ने योजना बनाइ सकेको छ ।

एस्ट्राजेनेका अहिले कोभिड–१९ को खोप उत्पादनका लागि अग्र स्थानमा रहेको छ । तेस्रो चरणको खोप परीक्षणका क्रममा रहेका अन्य कम्पनीहरुमा अमेरिकाका मोडर्ना र पिफाइजर पनि रहेका छन् । अमेरिकी स्वास्थ तथा मानव सेवाको नेतृत्वमा अपरेसन वार्प स्पिड अन्तर्गत यो परिक्षण कार्य अघि बढि रहेको छ ।

संयुक्त अधिराज्य स्थित विश्वव्यापि बायोफर्मास्युटिकल कम्पनी एस्टे«जेनेकाले यस परिक्षणका नेतृतव गरिरहेको हो । पछिल्लो तथ्याँक अनुसार अमेरिकामा संक्रमितको संखया ६० ला ३० हजार ७ सय ८२ तथा मतकको संखया १ लाख ८३ हजार ५ सय ९६ पुगिसेको छ ।

प्रतिक्रिया दिनुहोस्