बत्ती जाँदा रातभरी रेलभित्रै फसे हजारौँ यात्रु



पेरिस (एजेन्सी) ।

फ्रान्समा आइतबार राती अचानक विजुली आपुर्ती बन्द भएकोले हाईस्पिड रेलमा रहेका हजारौं यात्रु रातभरी रेलमै फसे । पुरै बन्द रेलमा फसेका ती यात्रीहरु पानी, भोजन र ताजा हावा बिना नै पुरै रात विताए । विहान विजुली आपुर्ती बहाल भएपछि मात्र उनीहरु रेलबाट बाहिर निस्कन पाए ।

रेलमा फसेका यात्रीहरुले आफ्नो आक्रोस सामाजिक सन्जाल मार्फत निकालेका छन् । कयौंले रेलको भुँइमा सुतिरहेका बच्चाहरुको तस्विर साझा गर्दै लगातार करिब २० घन्टासम्म मास्क लगाएर बस्नु कति चुनौती भयो होला भन्ने पिडा पोखेका थिए । कयौं यात्री विरामी भएकोले रातमै उद्धार गर्नु परेको स्थानिय सन्चार माध्यमहरुले जनाएको छ ।

फ्रान्सको राष्ट्रिय रेल प्राथिकरण एसएनसीएफले विजुली आपुर्ति सम्बन्धी कयौं घटनाका लागि सोमबार माफी मागे । विजुली आपुर्तिमा समस्या आइतबार अपराह्नबाट सुरु भएको थियो जसका कारण दक्षिण पश्चिम फ्रान्समा रेल यातायात ठप्प हुन पुगेको थियो । यसले गर्दा उक्त इलाकाबाट पेरिससम्मको यात्रामा पनि बाधा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्