जापानले उड्ने गाडीको सफल परीक्षण गर्यो (भिडियोसहित)



टोक्यो,(एजेन्सी)

जापानको उड्ने कार परियोजनाले कार उडाउने क्षेत्रमा एक पाइला अघि बढाउन सफल भएको छ । स्काइड्राइभ कम्पनीले कार भित्र एकजना मानिस राखेर पहिलो सफल परिक्षण उडान सम्पन्न गरेको शुक्रवार घोषणा गरेको छ । सो कार वरपर तार जालीले घेरिएको स्थानमा प्रोपेल्लर भएको सो कार जमिनभन्दा धेरै मािथ चार मिनेट सम्म उडेको तस्वरिहर सावजनिक गरिएका छन् ।

यस कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी ( सिइओ ) तोमोहिरो फुकुजावाले भनेका छन् , ‘ हामी एउटा यस्तो समाज स्थापना गर्ने सोचमा छौं , जहाँ हामी आफ्नो गतव्यमा चाहेकोबेला सुरक्षित ढंगले वायुमार्ग मार्फत कारबाट तय गरिरहेका हुनेछौं ।

संभवत आगामी सन् २०२३ सम्ममा यो उत्पादन मानिसको वास्तविक जीवनसम्म पुगिसक्ने छ । तर सबैभन्दा ठूलो कुरो भनेको यसलाई कसरी धेरै भन्दा धेरै सुरक्षित बनाउने भन्ने हो । ’ फुकुजावाले हाललाई पाँच देखि दस मिनेट सम्म मात्र उड्न सक्ने यत्स कार निकट भविष्यमा नै ३० मिनेट उड्न सक्ने बनाइने पनि बताएका छन् ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्