भारतद्वारा चीनले निहुँ खोजेको आरोप



नयाँदिल्ली,(एजेन्सी)

भारतले चीनसंगको पछिल्लो शानित वार्ताको दौरान चीनले सिमा सहमति उलल्ंघन गरेको अरोप लगाएको छ । भारतले चीनले लद्धाखमा रहेको सम्झौताको यथास्थिती परिवर्तनका लागि चीनले ‘ निहुँ खोज्ने खालका सैनिक गतिविध ’ संचालन गरेको पनि बताएको छ । जुनमा सो क्षेत्रमा चिनिया सैनिकसंग भएको भिडनतमा कमितमा २० जना भारतिय सैनिकको ज्यान गएको थियो ।

तर चीनले आफ्नो पक्षमा भएके मानविय क्षति विवरण भने गोप्य नै राखेको थियो । त्यतिवेला भने आणविक शक्ति समपन्न दुवै मुलुकले सिमा रेखा मिचेर भिडनतका लागि निहुँ खोजेको आरोप एकले अर्कालाई लगाएका थिए । त्यस भिडन्तमा गोली चलेको थिएन ।

एकले अर्कालाई लाठी मुँग्रो , मुक्का र ढुँगा प्रहार गरेका थिए । भारतले यस सम्बन्धमा लगाएको पछिल्लो आरोपबारे चीनले अझै सम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन । नयाँ दिल्लीले २९ अगष्टको राति पान्गोंग त्सो तालको दक्षिणी किनारामा भएके चिनिया गतितविध प्रति भारतिय फौजले अवारोध तेर्साएको जनाएको छ ।

दिल्लीले आफु शान्तिवार्ताको माध्यमबाट समस्याका समाधानहरु सुल्झाउन तयार रहेको तथा आफ्नो भूभाग जोगाउन पनि दृढ रहेको बताएको छ । लद्धाखको घटनामा कम्तिमा अन्य ७६ जना भारतिय सैनिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्