भारतीय पूर्व राष्ट्रपति मुखर्जीको कोरोना संक्रमणबाट निधन



न्युज अफ नेपाल,काठमाडौं ।

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मस्तिष्कको सर्जरी गर्न अस्पताल पुगेको मुखर्जीलाई कोरोना पोजेटिभ देखिएको थियो ।मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

केही समयअघि मुखर्जीलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण भएपछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई कोमामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्