भारत र चीनबीच लद्दाख सिमा क्षेत्रमा पुनः झडप



एजेन्सी ।

भारत र चीनबीच सिमा क्षेत्रमा पुनः झडप भएको छ । दुई देशका सैनिकबीच लद्दाखमा झडप भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार विज्ञव्ति जारी गर्दै भारतीय सेनाले चिनियाँ जनसेना (पिएलए)ले लद्दाख क्षेत्रमा सीमारेखा परिवर्तन गर्ने प्रयास गरेका कारण झडप भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सैनिकले पेङगोङ त्सो लेकमा चिनियाँ सैनिकले चालेको उक्साहटपूर्ण कदम रोकिएको छ, भारतीय सेना संवादमार्फत शान्ति कायम गर्नका लागि तत्पर छ, साथै आफ्नो क्षेत्रको अखण्डता र सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवाद समाधानका लागि ब्रिगेड कमान्डरस्तरमा बैठक पनि जारी छ ।’

यस विषयमा भने चीनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसअघि लद्दाखको गलवान क्षेत्रमा १५ जुनमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको थियो । जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्