अक्सफोर्डले विकास गरेको कोरोना खोप ६ हप्तामा आउने



लन्डन (एजेन्सी) ।

अक्सफोर्डले विकसित गरिरहेको कोरोना भाइरस खोप आगमी ६ हप्तामा तयार हुन सक्ने बेलायती सरकारले जनाएको छ । खोप तयार भएपछि सकेसम्म छिटो प्रयोगमा ल्याउन दिने स्विकृतिका लागि सरकार बेलायतको कानुन परिवर्तन गर्ने तयारीमा जुटेकोछ ।

यस अन्तर्गत वैज्ञानिक खोपको सफलता घोषणा गर्नेछ र यसलाई गम्भिर स्थितिमा पुगेका रोगीहरुलाई आपतको स्थितिमा दिन सकिने बताइएको छ । अक्सफोड युनिभर्सिटी र इम्पेरियल कलेजका वैज्ञानिक खोप बनाउने प्रक्रियाको अन्तिम चरणमा पुगेको एक बेलायती अधिकारीले सन्डे एक्सपे्रसलाई बताएको हो ।

ती दुबै फरक फरक कोरोना भाइरस खोपमा काम गरिरहेको छ । यदि सबै सही भइरहेको हो भने अक्सफोर्डको खोप आगामी ६ हप्तमा बनेर तयार हुनेछ । खोप बनेको केही महिनमा यसको ठुलो परिमाणमा उत्पादन शुरु गरिने पनि अधिकारीले बताए । जसले बेलायतको पुरै जनतालाई खोपको डोज दिन सकिनेछ । यसबाट सन् २०२१ मा जनजीवन तिब्रताका साथ सामान्य हुन सक्ने अधिकारीले अपेक्षा गरेको छ । यद्यपी सरकार अझै पनि देश खोल्नेलाई लिएर धेरै सतर्क देखिएको छ ।

खोपलाई लिएर धेरै आशावादी रहेको बेलायती भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंघमले बताए । खोपको अन्तिम परीक्षण नतिजाले यसको उपयो सुरक्षित छ भन्ने संकेत दियो भने यसको उत्पादनको तयारी हुने उनले बताए । खोप क्रिसमस भन्दा केही समय अघि नै जनता समक्ष पुर्याउन सकिने उनले बताए ।

खोप विकाससँग सम्बद्ध एक सुत्रले परीक्षणका क्रममा अत्यन्त सकारात्मक डाटा प्राप्त भइरहेको जानकारी दिएको छ । सुरुमा अस्पतालमा भर्ना हुने विरामीमा भरपरिरहेको तर अहिले धेरै भन्दा धेरै अद्यावधिक डाटा प्राप्त भइरहेको स्रोतले बताए । यसले खोप विकासको सम्भावना बढेको आशा ब्यक्त गरे ।

बेलायतको भ्याक्सिन टास्कफोर्स केट बिंघमका अनुसार बुजुर्ग ब्यक्तीहरुलाई युवाको भन्दा फरक खोप दिने सम्भावना रहेको ब्यक्त गरे । किनभने उनीहरुको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । खोप दिने क्रममा ६५ बर्षका ब्यक्तीहरुलाई प्राथमिकतामा राख्ने र रोगबाट ग्रस्त विरामी, फ्रन्टलाइन हेल्थ तथा सामाजिक स्वास्थ्य कार्यकर्ताहरुलाई सबैभन्दा पहिला दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्