हावामा कोरोना भाइरस भए नभएको पत्ता लगाउने यन्त्रको विकास



मस्को (एजेन्सी)  ।

रुसले हावामा कोरोना भाइरस छ, छैन पत्ता लगाउन सकिने यन्त्रको विकास गरेको दावी गरेको छ । यो डिभाइसले कोरोना भाइरस मात्र नभई, ब्याक्टेरिया, विषाक्त पदार्थ र कयौं खतरनाक भाइरसको उपस्थितिको सुचना दिन सक्छ ।

यो डिभाइस रुसको केएमजे फ्याक्ट्रीले रक्षा मन्त्रालय र कोरोना खोप बनाउन गामेलिया इन्स्टिच्युटसँग मिलेर तयार गरेको हो ।

उक्त डिभाइसलाई डिटेक्टर बायो नाम दिइएको छ । शुक्रबार मस्को नजिक आयोजित सैन्य औद्योगिक सम्मेलन आर्मी २०२०का क्रममा डिटेक्टर बायो मसिनलाई प्रदर्शित गरिएको थियो । रुसको केएमजे फ्याक्ट्री विश्वमा प्रसिद्ध जेनिथ क्यामराको पनि उत्पादन गर्छ ।

यो यन्त्र पकेट डिभाइस नभएर रेफ्रिजेरेटर जस्तो देखिन्छ । बाहिरबाट हेर्दा भित्र ससाना कयौ प्रयोगशाला देखिन्छ । जसले हवालाई सोसेर त्यसको परीक्षण गर्छ । मिनी प्रयोगशालाको श्रृंखला कोरोना भाइरसको उपस्थिति पनि पत्ता लगाउन सक्षम छ । आफनो नतिजामा पुर्ण विश्वस्त हुन यसले दुई पटकसम्म वरपरको हावाको परिक्षण गर्छ ।

पहिलो चरणमा यो मात्र १० देखि १५ सेकेन्डमा हावामा रहेका भाइरस, ब्याक्टेरिया वा कुनै विषादी पदार्थ रहेनरहेको विषयमा सचेत गराउँछ । यद्यपी यस क्रममा कोरोना जस्ता खतरनाक भाइरस पत्ता लगाउन भने सक्दैन । त्यसैले डिभाइसले हावाको विस्तृत परीषण गर्छ जसमा डेढ देखि दुई घन्टाको समय लिन्छ । यो मेसिनलाई विमानस्थल, मेट्रो वा रेलवे स्टेसन जस्ता सार्वजनिक स्थानमा राख्नका लागि बनाइएको यसका डेवलपर्सले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्