इस्लामीकरणको विरोधमा स्वीडेनपछि नर्वेमा हिंसात्मक प्रदर्शन



ओस्लो (एजेन्सी)

स्विडेनमा इस्लाम विरोधी हिंसात्मक प्रदर्शनपछि यो आगो छिमेकी देश नर्वेसम्म फैलिएको छ । नर्वेको राजधानी ओस्लोमा शनिबार इस्लाम विरोधी र इस्लाम समर्थकबीच हिंस्रक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले मुस्लिमहरुको पवित्र किताब कुरानका प्रति च्याटेका थिए । उक्त प्रदर्शनको आयोजना नर्वेको अति दक्षिणपन्थी संगठन स्टप इस्लामाइजेसन अफ नर्वे (एसआईएएन)ले गरेको थियो ।

प्रदर्शनकारीहरु नर्वेको राजधानी ओस्लोको संसद भवन बाहिर जम्मा भएका थिए र उनीहरुले इस्लामिक विचारधारी विरुद्ध आफनो विरोध जनाएका थिए । यो प्रदर्शन करिब २ घन्टासम्म चलेको थियो । एसआईएनएका नेता लार्स थोर्सले इस्लाम विरोधी कयौं बयान दिए । उनले पैगम्बर मोहम्मदका बारेमा मुस्लिम समुदायलाई स्विकार नहुने आपत्तीजन कुराहरु राखेका थिए ।

यस क्रममा संस्थाका समर्थकहरुले नाराबाजी तथा सांगेतिक कार्यक्रम गरेका थिए । इस्लामिकरण विरोध भइरहेकै स्थलमा त्यसको विरोधी पनि जम्मा भएको तर प्रहरीले तत्काल उनीहरुलाई रोक्दै सतर्कता अपनाएका थिए । यसले दुबै समुह एक अर्काेबाट धेरै दुरीमा रहे । यसबीच स्टप इस्लामाइजेसन अफ नर्वेका एक सदस्यले कुराण निकालेको र त्यसको प्रति च्यातेका थिए ।

उक्त घटनापछि इस्लाम समर्थकहरुको विरोध प्रदर्शन आक्रामक भएको थियो । डेनमार्कका प्रतिबन्धित इसाइ कट्टरपन्थी रास्मुस पालुडानलाई स्विडेनको एक सम्मेलनमा ुुसहभागी हुन रोक लगाएपछि त्यसको विरोधमा स्विडेनमा हिसांत्मक प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाएका थिए । पछि प्रहरीले पालुडानलाई गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्