निषेधाज्ञा विरुद्ध सडकमा उत्रेका ३ सय प्रदर्शनकारी पक्राउ



वर्लिन, (एजेन्सी) ।

जर्मनीमा लगाइएको कोरोना भाइरस निषेधाज्ञा विरुद्ध सडकमा ओर्लेका ३ सय जना प्रदर्शनकारीलाई प्रहरीले गिरफतार गरेका छन् ।

शनिवार वर्लिन शहरमा आयोजित अधिकांश शान्तिपूर्ण प्रदर्शनमा करिव ३८ हजार मानिसको सहभागिता रहेको थियो । दक्षिणपन्थि हुल्याहरुद्वारा प्रहरी माथि बोटल र ढुँगा प्रहार गरेका कारण करिव २ सय जनालाई ब्रान्डेनवर्ग गेटमा आयोजित एउटा र्‍यालीबाट पक्राउ गरिएको स्थानिय संचार माध्यमले जनाएको छ ।

बाँकी एक सय जना अन्य स्थानबाट गिरफतार गरिएका थिए । युरोपका अन्य केहि शहरमा पनि कोरोना भाइरसलाई मात्र हो–हल्लाको संज्ञा दिँदै सडक प्रदर्शन गरेका छन् । लन्डनको ट्राफल्गार स्क्वायर , पेरिस भियना र जुरिचमा यस्ते प्रदर्शन भएको हो । केहि प्रदर्शनकारीहरुले जर्मन डेमोक्रेटिक रिपब्लिकलाई संकेत गर्ने खालको झण्डा पनि बोकेका छन् ।

यो झण्डा सन् १९४९ देखि १९९० सम्म कम्युनिस्ट शासित पुर्वी जर्मनीको हो । केहि साता अघि पनि आफुलाई ‘ स्वतन्त्र विचारक ’ को संज्ञा दिने गरेका एक समुहले पनि जर्मनीमा खोप अभियन्ताहरु तथा षडयन्त्रकारी सिद्धान्त विरुद्ध विरोध र्‍यालीको आयोजना गरेको थियो ।

जर्मन् न्युज साइट डेउत्स्के वेल्लेले भिडमा अति दक्षिणपन्थिहरुको समर्थनमा झण्डा बोकेका र टि–सर्ट लगाउनेहरु देखिएको जनाएको छ ।
गत विहिवार मात्र जर्मनीका चान्सलर एन्जेला मर्केलले १६ वटा राज्यमा अनुहारमा मास्क नलागाउनलाई न्युनतम ५० युरो जरिवाना गर्न अदेश दिएकी थिइन् । साथै जर्मनीमा आगामी वर्ष सम्मका लागि कुनै सार्वजनिक कार्यक्रम पनि गर्न नपाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्