भारतीय प्रम मोदीको ‘मनकी बात’ नेपाली संस्करणमा



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतमा कोरोना संक्रमणले निम्त्याएको अवस्थाबारे हरेक चौबीस घण्टामा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने गरेका छन् ।

मोदीले एक रेडियो कार्यक्रममार्फत हरेक दिन हिन्दि भाषामा सम्बोधन गर्दै आएको सो कार्यक्रम अब नेपाली भाषामा समेत सुन्न सकिने छ । मनकी बात नामक कार्यक्रममा भारतभर कोरोनाका कारण सिर्जना भएको कठिन परिस्थिती र त्यसको समाधानबारे प्रमले जानकारी दिने गरेका छन् ।

सो कार्यक्रमको नेपाली संस्करण अल ईण्डिया रेडियो गैंगटोक नामक एक युट्युव साइटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्