ट्रम्प समर्थक र ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनकारीबीच झडप, एकको मृत्यु



A man is being treated after being shot Saturday, Aug. 29, 2020, in Portland, Ore. Fights broke out in downtown Portland Saturday night as a large caravan of supporters of President Donald Trump drove through the city, clashing with counter-protesters. (AP Photo/Paula Bronstein)

पोर्टल्यान्ड,(एजेन्सी) ।

अमेरिकाको ओरेगनका पोर्टल्यान्डमा शनिवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र बल्याक लाइभ्स म्याटर प्रदर्शनकारी समुहबिच भएको भिडन्तको दौरान एक व्यक्तिको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

ट्रम्प समर्थक चढेका करिव ६ सय वटा सवारी साधनलाई ति प्रदर्शनकारीहरले शहरको मध्य भागमा रोकने क्रममा भएको भिडनत्काबेला नै गोली चलेको हो वा होइन अझै स्पष्ट भइसकेको छैन । एसोसिएटेड प्रेसका एकजना स्वतन्त्र पत्रकारले आफुले तीन वटा गोली चलेको सुनेको केहि छिनपछि प्हरी उपचारकर्मिहरले एकजना गोली लागेका गोरा पुरषलाई उद्धार गरेको देखेको बताएका छन् ।

प्रहरीले यस घटनाबारे अन्य विस्तृत विवरण सार्वजनिक गरेको छैन । प्रत्यक्षदर्शीले मृतकको छातीमा गोली लागेको बताएका छन् । आगामी नोभेम्वरमा हुन गइरहेको राष्ट्रिपतिय चुनावमा रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मदवार जोय बाइडनबिच प्रतिस्पर्धा हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्