अशक्त किशोरको गोली हानी हत्या गर्ने दुई प्रहरी पक्राउ



जाहोन्नेसवर्ग, (एजेन्सी) ।

एकजना १६ वर्षिय किशोरको गोली हानेर हत्या गरेको अभियोगमा दक्षिण अफ्रिकाका प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ ।

यस घटनाको कारण हिँसात्मक सडक आन्दोलन चर्केको छ । डाउन सिन्ड्रोम जस्तो खतरनाक रोगी पिडित नाथानियल जुलियसका परिवारले विस्कुट किन्न बाहिर गएका उनलाई जोहान्नेसवर्गको उपनगर एल्डोराडो पार्कमा गोली हानी मारिएको बताएको छ ।

प्रहरी निगरान ीनिकायले ति दुई अधिकारी विरुद्ध विवेक गुमाएको र हत्याको अभियोग लगाइने बताएको छ । प्रहरी अधिकारीहरुको प्रश्नको जवाफ दिन नसकेका कारणले नै उनी मारिएको परिवारको दावी छ । साथै परिवारले उनको शारिरीक अशक्तताका कारणले नै उनले ति प्रश्नको जवाफ दिन नसकेको तथ्य पनि स्विकारेको छ ।

शुरुमा प्रहरीले जुलियसको प्रहरी र स्थानिय गुडाहरुबिचको गोली हानाहानमा ज्यान गएको प्रतिवेदन बाहिर ल्याएका थिए । स्वतन्त्र प्रहरी अनुसनधान निर्देशनालयले सबुद प्रमाणक ैआधारमा तितनीहरुलाइृ गिरफतार गरिएको दावी गरेको छ । हिंसात्मक भिडन्तर चर्किंँदै गएका कारण राष्ट्रपति सिरिल रामाफोसाले जनतालाई शान्त रहन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्