रेस्टुरेन्ट भत्किँदा २९ को मृत्यु



बेइजिंग (एजेन्सी) ।

चीनको सांक्सी प्रान्तमा एक रेस्टुरेन्ट भत्किँदा २९ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा २८ जना घाइते भएको बताइएको छ । ती मध्य ७ जनाको स्थिति अत्यन्त गम्भिर छ । रातभरीको राहत तथा उद्धार कार्यपछि भग्नावशेषबाट सबै हताहत भएकाहरुलाई निकालिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

रेस्टुरेन्ट भत्केको उक्त घटना सांक्सीको लिनफेन सहरमा भएको हो । सिन्ह्वाको समाचारमा ८ सय ४० उद्धारकर्मी, १ सय स्वास्थ्यकर्मी र १५ एम्बुलेन्स राहत तथा उद्धार कार्यमा परिचालन गरिएको उल्लेख गरेको छ । चिनियाँ टेलिभिजन च्यानल सीजीटीएनका अनुसार राती करिब ३ बजेर ४५ मिनेटमा उद्धार कार्य बन्द गरिएको थियो । ५७ जना हताहत भएकालाई भग्नावशेषबाट निकालिएको थियो । ती मध्य २९ जना मृत अवस्थामा निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्