कोरोनाको चपेटामा परेको इटलीले निर्माण गर्‍योे कोरोना खोप



Ad26 COV2 Covid-19 Vaccine Trials. (Photo: trialsitnews.com/Wikipedia)

जनेभा (एजेन्सी) ।

कोरोना भाइरसको सबैभन्दा पहिला भयानक कहर झेलेको इटालीले आफ्नै कोरोना भाइरस खोप तयार पारेको र सन् २०२१ मा बजारमा ल्याउने सम्भावना रहेको जनाएको छ ।

उक्त खोप विकसित गर्ने वैज्ञानिकहरुले यो सबै प्रकारका कोरोना भाइरसमा प्रभावकारी हुने बताका छन् । यसबर्षको मार्चको सुरुवाटमा इटालीमा तिब्र रुपमा कोरोना संक्रमण फैलिएकापछि ठुलो संख्यामा नागरिकहरुको मृत्यु भएको थियो । अहिलेसम्म इटालीमा २ लाख ६५ हजार कोरोनाको चपेटामा आइसकेका छन भने ३५ हजार ५ सयको मृत्यु भइसकेको छ ।

नेसनल इन्स्टिच्युट फर इन्फेक्सियस डिजिजेजको साइन्टिफितक निर्देशक लजारो स्पन्लजनी ज्युसेपी इपोलिटोले स्पुतनिकलौ भने (-‘रेइथेराले बनाएको भाइरल वेक्टरमा आधारित इटालीको खोप कोरोनाको प्रकारमा निर्भर हुने छैन । यो फरक फरक भाइरस वा कुनै भाइरसको फरक फरक स्ट्रेनमा असर गर्न सक्छ ।’

वैज्ञानिक प्रमाणका आधारमा सार्स कोव २ मा हुने म्युटेसनको यस खोपको प्रभावकारितामा विशेष असर नहुने नतिजाले देखाएको उनले बताए ।

वैज्ञानिकहरु अनुसार खोपको पहिलो चरणको परीक्षणको नतिजा दुई महिनापछि प्राप्त हुनेछ । यसको अन्तिम नतिजा अन्तराष्ट्रिय वैज्ञानिक समुदाय समक्ष रिसर्च प्रोटोकलपछि २४ हप्तामा प्रस्तुत गरिने उनीहरुले बताए ।

इटालीमा तीन चरणको परीक्षण पुरा भएपछि आम जनताका लागि यसलाई अनुमोदन गरिने इपोलिटोले जानकारी दिए । तेस्रो चरणमा खोप धेरै केस भएका देशहरुमा गरिने उनले बताए ।

परीक्षणमा सबै समुहका ब्यक्तीहरुको सुरक्षा र यसको साइड इफेक्टसको अध्ययन हुने छ । यो तीनै वटा चरण पार भइसकेपछि मात्र थाहा हुने उनले बताए । देशको नियामक इटालियन मेडिसिन्स एजेन्सीबाट खोपका लागि स्विकृति प्राप्त हुने उनले अपेक्षा गरेका छन् । विश्वमा कयौं खोपको परीक्षण भइरहेको र त्यसमा फरक प्रविधिको प्रयोग हुनु राम्रो भएको इपोलिटोले बताए । यसबाट कुने विशेष समुदायका लागि राम्रो हुन सक्ने खोप पनि प्राप्त हुनेछ ।

खोप सबैका लागि हुनु पर्ने बताउँदै इपोलिटोले खोपलाई राजनितिक हतियार वा नयाँ कोल्ड वारको कारण बन्न दिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्