जर्मनीमा ‘एन्टी कोरोना’ मार्च आयोजना



बर्लिन, (एजेन्सी)

जर्मनीको बर्लिन शहरका सडकमा कोभिड–१९ महामारी फैलिन नदिन सरकारले लगाएको निषेधाज्ञाविरुद्ध शनिबार विशाल प्रदर्शन भएको छ। सो विरोध ¥यालीमा करिब २२ हजारको सहभागिता रहेको आँकलन गरिएको छ। उक्त ¥यालीमा प्रदर्शनकारीले जर्मन डेमोक्र्याटिक रिपब्लिकलाई संकेत गर्ने खालको झण्डा पनि बोकेका छन्।

यो झण्डा सन् १९४९ देखि १९९० सम्म कम्युनिस्ट शासित पूर्वी जर्मनीको हो। केही साताअघि आफूलाई ‘स्वतन्त्र विचारक’को संज्ञा दिने गरेको एक समूहले पनि जर्मनीमा खोप अभियन्ताहरू तथा षड्यन्त्रकारी सिद्धान्तविरुद्ध विरोध ¥यालीको आयोजना गरेको थियो। प्रदर्शनकारीहरूले जानीजानी सुरक्षा नियमहरू तोडेकाले सरकारले प्रदर्शनकारीहरूलाई रोकेको थियो।

पछिल्लो बर्लिन मार्चमा पनि प्रदर्शनकारीले सामाजिक दूरी कायम राख्न नसकेका कारण स्थानीय प्रशासनले मार्चमा हस्तक्षेप गरेको छ। तर, त्यहाँको एक अदालतले भने प्रदर्शनकारीको पक्ष लिँदै तिनीहरूले नियतवश सामाजिक दूरी निर्देशिका उल्लंघन गरेको कुनै संकेत नदेखिएको जनाएको छ।

स्थानीय प्रशासनले सुरक्षाका लागि सडकमा करिब ३ हजार प्रहरी परिचालन गरेको छ। प्रहरीले तिनीहरूलाई सामाजिक दूरी पालना गर्न र मास्क लगाउन दबाब दिने गरेको छ। यस मार्चलाई ‘एन्टी कोरोना’ नाम दिइएको छ। युरोपका अन्य मुलुकको तुलनामा जर्मनीमा कोरोना भाइरस संक्रमण दर त्यति उच्च छैन।

प्रतिक्रिया दिनुहोस्