उडिरहेको विमानको झ्याल चर्किँदा !



वेरुत,(एजेन्सी)

विमानमा सुतेर यात्रा गरिरहेका एक यात्रुले अचानक बिउँझिना साथ आफ्नो सिट छेउको झयाल फुटेको देख्ना साथ तहल्कै मच्चिने गरी आपत्ति जनाएको एउटा भिडियो भाइरल भएको छ । सो भिडियोमा कार्ल हादाद नामक ति व्यक्तिले निरन्तर सोही झ्यालमा रिसले मुक्का हाने देखेर अन्य यात्रु अत्यन्तै चिन्तित भएको देखिन्छ ।

लेवनानबाट आफ्नो यात्रा शुरु गरेका कार्लले एयर क्यानाडाबाट टोरोन्टो देखि मोन्ट्रियल हुँदै २७ घन्टे यात्राको अन्तिम भाग पूरा गर्ने क्रममा यो घटना घटेको थियो । बिस वर्षिय कार्लले बज फिडलाई भनेका छन् , ‘ निकै थाकेकाले विमान उडेको केहि छिनमै म मस्त निँदाउन पुगें ।

एक्कासी बिउँझिदा मैले अडेस लिँदै गरेको झ्यालको फ्रेम चर्केको देखें । त्यसपछि मैले ठूलै चर्केको हो कि भन्ने जाँच्न विस्तारै हातले हिकाएर हेरें । त्यसको लगत्तै त्यहाँ दस मिनेट लामो हो–हल्ला नै भयो । शुरुमा त पायलटले विमानलाई आपतकालिन अवतरणै गराउन खोजेका थिए । ’

प्रतिक्रिया दिनुहोस्