ट्रम्पको बाइडनलाई औषधि परीक्षणको चुनौति



वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुन गइरहेको पहिलो बहशको दौरान आफ्ना डेमोक्रेटिक चुनौतिकर्ता जाय बाइडनलाई लागु औषध सेवन परिक्षण प्रमाण पेत्र पेश गर्न चुनौति दिँदै आफुले पनि त्यो प्रमाण पत्र पेश गर्ने बताएका छन् । ट्रमपले वासिंगटन एक्जामिनरलाई बताएका छन् , ‘ मैले डेमोक्रेटिक टेलिभिजन बहशहरुमा एक्कासी बाइडनको प्रस्तुतिमा सुधार देखेको छुं ।’

तर ट्रम्पले बाइडनले कुनै औषधि सेवन गरेको हुनुपर्ने कुराको प्रमाण भने दिएको छैन । आगामी ३ नोभेम्वरमा राष्ट्रपतिय निर्वाचन हुनुभन्दा अघि सम्म ट्रम्प र बाइडनबिच तीन वटा प्रत्यक्ष बहश कार्यक्रम हुने भएको छ । सन् २०१६ मा पनि ट्रम्पले आफ्नो ततकालिन डेमोक्रेटिक प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई अवैध औषधि दिएर उर्जाशिल बनाइएको लाँछना लगाउँदै प्रत्यक्ष टेलिभिजन साक्षात्कार बहश अघि उनलाई पनि ओैषधि परिक्षण प्रमाणपत्र पेश गर्न चुनौति दिएका थिए ।

तर क्लिन्टन पक्ष्ँधरले उनको चुनौतिलाई सरासर वेवास्ता गरेको थियो । विहिवार रिपब्लिकन पार्टी सम्मेलनमा सम्वोधन गर्न लागेका ट्रम्पले अघिल्लो दिन बाइडनलाई पनि त्यस्तै चुनौति दिएका हुन् । यि तीनवटा राष्ट्रपतिय बहश २९ सेप्टेम्वरमा ओहाइयोको क्लेभल्यान्डमा , १५ अक्टोवरमा फ्लोरिडाको मायामीमा र २२ अक्टोवरमा टेन्नेस्सीको नासभिल्लेमा आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्