चीनले निर्माण गरेको कोरोना खोपको मूल्य तोकियो



Small bottles labeled with “Vaccine” stickers stand near a medical syringe in front of displayed “Coronavirus COVID-19” words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration

एजेन्सी ।

विश्वभर फैलिएको कोरोना महामारीविरुद्ध खोप निर्माण गर्ने कार्य जारी रहेको छ ।

चीन, रुस र बेलायत जस्ता विभिन्न देशहरुले निर्माण गरेका खोप परीक्षण गर्ने क्रममा रहेका छन् । केही समय अघि एक चिनियाँ कम्पनिका प्रमुखले कोभि-१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए ।

सिनोफार्मले निर्माण गरेको सो खोप डिसेम्बरसम्ममा बजारमा ल्याउने सम्भावना रहेको छ । जसको मूल्य १४० डलर नेपाली झन्डै १५,००० रुपैयाँ तोकिएको छ । चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे बेला बेलामा जानकारी दिइरहेको छ ।

पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको हो । चीनले भने भाइरस फैलिएको कैही सातामै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्