मोटो मान्छेमा कोरोना खोपको प्रभाकारिता कम हुने



न्युयोर्क । कोरोना संक्रमित भएपछि उपचारका लागि अस्पताल पुग्नेहरुमा मोटो ब्यक्ती बढी जोखिममा हुने गरेको एक अध्ययनले देखाएको छ । मोटोपनाको सिकार भएकाहरुलाई यो खतरा सामान्य ब्यक्तीको तुलनामा दुई गुणा बढी हुने देखिएको छ ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको एक टोलीले विश्वभरी करिब ४ लाख ब्यक्तीमा गरिएको ७५ शोधको डाटा अध्ययनबाट उक्त निष्कर्ष निकालिए हो । अमेरिकी शोधकर्ताहरुका अनुसार मोटोपनका कारण मधुमेह र उच्च रक्तचापको खतरा बढी हुने गरेको छ । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा संक्रमित ब्यक्ती गम्भिर रुपमा विरामी पर्न सक्छ ।
अर्को आशंका के पनि गरिएको छ भने, मोटो ब्यक्तिमा सम्भावित खोप पनि कम प्रभावकारी हुन सक्छ , किनभने रुघाको खोप पनि ३० भन्दा बढी बीएमआई भएका ब्यक्तिमा मात्र सही काम गर्न सक्छ ।
कोरोना संक्रमण फैलिएको ८ महिना वितिसक्दा पनि यसको गतिमा कुनै कमी आएको देखिएको छैन । यसलाई वैज्ञानिकहरुले अत्यन्त चिन्ताको विषय भएको बताएका छन् । स्पेन जस्ता केही देशमा संक्रमण नियन्त्रणमा आएको देखिएको भएपनि पुन फैलिने क्रममा तीब्रता आइरहेको छ । भारतमा १ दिनमा ७५ हजार नयाँ संक्रमित पुष्टि भएको छ भने यहाँ कुल संक्रमित संख्या ३३ लाख नाघेको छ । कोरोना संक्रमण महामारीले भारतमा सबैभन्दा भयावहको स्थिति आउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्