रुसद्वारा अतुलनीय क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस-५०० को परीक्षण



मस्को (एजेन्सी) ।

रुसका उप रक्षामन्त्री अलेक्सी क्रिवोरुतकोले सन् २०२१ मा देशको सेनाले सबैभन्दा नयाँ रक्षा प्रणाली हासिल गर्ने जानकारी दिएको छ ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस-५०० को पुर्ण क्षमताको आपुर्ति २०२५ सम्ममा हुन सक्ने उनले बताए । रुसको यो हतियार अत्यन्तै घातक मानिन्छ । यसले अन्तरिक्षबाट आइरहेको हाइपरसोनिक क्षेप्यास्त्र पनि ध्वस्त पार्न सक्छ । यो प्रणालीको निर्माण अलमाज एन्टी एयर डिफेन्स कर्सनले गरेको हो ।

जमिनबाट आकासमा प्रहार गर्ने उक्त प्रणालीको परीक्षण शुरु भइसकेको रुसका उप प्रधानमन्त्री युरिय बोरिसोवले बताए । यो रुसको त्यसतो रक्षा कवच हो जसले हाइपरसोनिक क्षेप्यास्त्र देखि ड्रेन विमानलाई क्षण भरमै ध्वस्त पार्न सक्छ । ४ सय देखि ६ सय किलोमिटर विस्तारको यो प्रतिरक्षा प्रणाली जमिनबाट सयौं किलोमिटर उचाई स्थित लक्ष्यलाई ध्वस्त पार्न सक्षम छ ।

यो क्षेप्यास्त्र प्रतिरक्षा प्रणली ध्वनीको बेग भन्दा धेरै, १६ हजार माइल प्रतिघन्टाको गतिमा क्षेप्यास्त्र लक्ष्य तर्फ प्रहार हुन सक्छ । एस–५०० पुस्ताको अन्तरिक्ष प्रतिरक्षा नेटवर्कको त्यसतो हतियार हो, जसको तुलना विश्वमा कसैसँग छैन । यो प्रतिरक्षा प्रणालीले एक पटक १० लक्ष्यलाई निसाना बनाउन सक्छ । अन्तरिक्षको तल्लो कक्षमा घुमिरहेका उपग्रहलाई पनि एस–५०० ले नष्ट पार्न सक्छ ।

एस–५०० को मुख्य काम नजिक आइरहेको मध्यम दुरीका अन्तरमाद्विपिय क्षेप्यास्त्रलाई तह लगाउनु हो । युनानी देवता प्रोमिथियसका नाममा यसको नाम एस–५०० प्रोमिथियस राखिएको छ । यसलाई ५५आर६एम ट्र्म्फिटोर एमका नामले पनि चिनिन्छ । सुरुमा सन् २०१४ मा यसको उत्पादन गर्ने योजना थियो तर अब यसलाई बढाएर सन् २०२१ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्