भियतनामी बृद्धको पाँच मिटर लामो कपाल



Nguyen Van Chien, 92, sits for a portrait to show his 5-meter long hair which, according to him, has not been cut for nearly 70 years, at his home in Tien Giang province, Vietnam , August 21, 2020. REUTERS/Yen Doung

दोँग होवा,(एजेन्सी)

अहिले विश्वका अधिकांश स्थानमा कोरोना भाइरस महामारीको कारण लकडाउन लागु गरिएको छ । त्यसैले हेयर सैलुन नखुलेका कारण पुरुषहरु लामो केश पाल्न बाध्य भएको देखिन्छन् । तर यसरी लामो केश पाल्ने कसैले पनि भियतानमका ९२ वर्षिय गुयेन भान चिएनलाई चुनौति दिन भने कदापि सक्तैनन् ।

किनभने दक्षिणी मिकोँग डेल्टा क्षेत्रमा वसोवास गर्दै आएका उनले विगत असी वर्षदेखि आफ्नो केह कटाएको छैन । पाँच मिटर लामो केश बाँटेर बस्ने उनी गौरवका साथ अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भन्छन्,‘जन्मजात लिएर आएको केशलाई जस्तको तयस्तै राख्ने कुरामा म विशवास राख्दछुं । मलाई लाग्छ मेरो केश कटाउना साथ मेरो मृत्यु हुन्छ। म यसलाई सफागर्ने,सुकाउने र स्कार्फमा बाँधेर स्याहार्ने गर्दछुं ।’

होचि मिन्ह शहर देखि करिव ८० किमि पश्चिममा पर्ने एउटा गाउँमा बस्दै आएका उनी नौ शक्ति र सात भगवानको पुजा अर्चना गर्ने गरेका छन् । उनी ति भगवान र शक्तिको आदेश अनुसार नै केश नकाटेको दावी गर्छन् ।

उनले केशलाई सुन्तला रंगको फेटाले छोपेर राख्ने गरेका छन् । शुरुशुरुमा बिद्यलायमा उनले केश छोट्याउन लगाउनु पथ्र्यो । तर तीन कक्षापछि भने उनले कहिल्यै पनि केश नकटाउने , नकोर्ने र नधुने निर्णय गरेका थिए । उनका ६२ वर्षिय पाचौं छोरा लुओमले उनको विशाल केशको हेरचारमा सहयोग पु-याउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्