चिनियाँ एन्ट कम्पनी किर्तिमान सहित सेयर निकाल्दै



बेइजिंग,(एजेन्सी)

चिनिया वित्तिय प्रविधि समुह एन्टले नयाँ किर्तिमान सहित सेयर बजारमा ३० अर्व अमेरिकी डलर वरावरको आइपियो बिक्रि योजनामा रहकोको चिनिया संचार माध्यमले जनाएको छ । चर्चित अनलाई खुद«ा बिक्रेता कम्पनी अलिवावासंग आवद्ध एन्टले हंगकंग र सााघाइमा आफ्नो सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

अमेरिकाको राष्ट्रपति ट्रम्पको सरकारले चिनिया कम्पनीहरुमा दवाव दिएको कारण तनाव बढिरहेको स्थितीमा एन्टले यो कदम चाल्ने घोषणा सार्वजनिक गरेको हो । अधिका.श पशिचमी मुलुकले एन्ट कमपनीकोबारे सुनेका छैनन् । चीनमा यो कम्पनी मोवाइल भुक्तानी गृह अलिपेको रुपमा चिनिन्छ । चिनिया शहर हाँगझोउमा प्रधान कार्यालय रहेको एन्टलाई सन् २००४ मा विशाल इ –कमर्श कम्पनी अलिवावा र त्यसको संस्थापक अर्वपति ज्याक माले संचालनमा ल्याएका हुन् ।

स्थापनाकाल देखि नै अलिपेले चीनको मोवाइल शुल्क भुक्तानी व्यवशायमा आधिपत्य जमाउँदै आएको छ । मोवाइल भुक्तानी लगायत प्रत्येक महिना ७० करोड भन्दा बढि मानिस र ८ करोड भन्दा बढि व्यापारिक संघ संस्थाले यस सेवालाई विल भुक्तानी,विमा खरिद र म्युचल फन्ड लगानीका लागि प्रयोग गर्दै आइरहेका छन् ।

इन्टमा अलिवावाको ३३ प्रतिशत सेयर स्वामित्व रहेको छ । वर्षेनी खर्वौं डलर वरावरको सेवा कारेवार गर्दै आएके एन्टले बढि परिमाणको रकम कारेवार भन्दा एक असल कम्पनीकोरुपमा स्थपित भएर लामो समय सम्म टिकिरहने आफ्नो प्रमुख उद्देश्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्