ठूलो भुँडीले ज्यान जोगायो



बेइजिंग,(एजेन्सी)

अधिक वजनका एक्जना चिनिया पुरुषको आफ्नो ठूलो भुँडीकै कारण ज्यान जोगिएको छ । सरकारी अधिकारीहरुले इनारमा खसेका उनी ठूलो पेटकै कारण बिचैमा अडकिएको बताएका छन् ।

हेनान प्रान्तको फुलिउदियान गाउँको आफ्नै घरमा लिउ नामक २८ वर्षिय ति व्यक्ति इनार छोप्न राखिएको काठको चक्का उछिटिएकाले दुर्घटनावश इनारमा खसेको उद्धार कार्यमा संलग्न लुओयाँग अग्निनियन्त्रण सेवाले जनाएको छ ।

शुक्रवार सो दुर्घटना हुँदा कम्तिमा पाँचजना अग्निनियन्त्रकले कमिज नलगाएका लिउको कम्मरमा डोरीले बाँधेर उनलाई सकुशल बाहिर निकालेका थिए । उद्धारकर्मि नआइपुगुन्जेल उनी मज्जाले हात बाँधेर बसेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको शारिरीक वजन ५ सय पाउन्ड रहेको वेलायती अखवार दि सनले जनाएको छ । लिउका ेमानसिक अवस्था पनि ठीक नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्