निन्जा संग्रहालयमा निन्जा शैलीकै चोरी



टोक्यो,(एजेन्सी)

निन्जाको परम्परा र मान्यता प्रति समर्पित एउटा जापानी संग्रहालयमा निन्जा शैलीमै अर्थात निकै छिटो ९ हजार ४ सय ७० अमेरिकी डलर वरावरको सामान चोरी भएको प्रहरीले जनाएको छ । संभवत संग्रहालयका सम्पूर्ण गतिविधिको जानकार रहेको तिनीहरुले माए क्षेत्रको इगा स्थित इगा–-यु निन्जा संग्रहालयमा राति प्रवेश गर्दा त्यहाँको खतराको घन्टी बजेपनि त्यहाँ कोहि कर्मचारी नरहेको तथा तीन मिनेट भित्र तिनीहरु आफ्नो काम सकाएर गएको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरी घटनास्थलमा पुग्दा करिव १ हजार भन्दा बढि आगन्तुकको प्रवेश शुल्क राखिएको ३ सय ३० पाउन्ड वजनको सेफ लिएर तिनीहरु फरार भइसकेका थिए । सो सेफमा करिव ९ हजार ४ सय ७० डलर रहेको अनुमान गरिएको छ । जापानमा निन्जा कुशल जासुसी, हत्या , षडयन्त्र र गुरिल्ला युद्धका लागि चिनिन्छ । निन्जाको निन्जुत्सु कला कम्तिमा चौंध शताब्दिमा शुरु भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्