फेरी झुक्कियाे विश्व, स्वस्थ देखिएका किमको तस्विर जारी



सोल (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोंग उन कोमा गएको वा मृत्यु भएको हुन सक्ने हल्ला फेरी एक पटक गलत सावित भएको छ । आफु विरुद्धको ती हल्ला तथा अनुमानलाई निरर्थक भएको देखाउँदै किम जोंग उन आफ्नो पार्टीका सदस्यहरुसँग आपतकालिन बैठक बस्दै गरेको देखिएका छन् ।
गत अप्रिलमा पनि लामो समय सार्वजनिक रुपमा नदेखिएपछि किम जोंग उनको मृत्यु भइसकेको वा गम्भिर विरामी भएको हल्ला फैलिएको थियो । त्यसको केही समय पछि नै उनी एकाएक सार्वजनिक भएका थिए ।
उत्तर कोरियाको आधिकारिक प्रेस एजेन्सीले किमका ती तस्विर जारी गरेको हो । यसमा उनी पुर्ण रुपमा स्वस्थ देखिएका छन् । कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरिएको उक्त ताजा तस्विरमा किम वर्कर्स पार्टीको पोलिट ब्युरोका सदस्यहरुसँगको बैठकमा थिए । उनले कोरोना भाइरस र विहिबार प्रवेश गर्ने भनिएको सामुद्रिक आँधीबाट बच्न निर्देशन दिएका थिए । यद्यपी किम जोंग उनका ती तस्विर पुरानो हो या नयाँ भन्ने विषयमा प्रष्ट भइसकेको छैन ।
यसअघि दक्षिण कोरिायाका पुर्व राष्ट्रपति किम दाय जंगका अफिसर रहेर काम गरेका चाांग सांग मिनले किम गत अप्रिल देखि नै कोमामा रहेको दावी गरेका थिए । किम जोंग उनको बाहिर आएको तस्विर पनि फर्जी भएको उनले बताएका छन् । बुधबार भएको यो बैठक कोरोना महामारीको बीचमा भएको हो र उत्तर कोरियाको अर्थ ब्यवस्या हालैका दिनमा तहसनहस भएको अवस्थामा छ । बाढीले देशको स्थिति अत्यन्त खराव अवस्थामा पुर्याएको छ ।
उत्तर कोरियाले देशमा कोही कोरोना भाइरस संक्रमित छन् वा छैनन् भन्ने विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन । यद्यपी किम आफैले गत महिना भाइरस सम्भवत देशमा प्रवेश गरिसकेको बताएका थिए ।
कोरोनाको खतरालाई ध्यानमा राख्दै केइसोंग शहरमा तीन हप्ताका लागि लकडाउन लगाइएको थियो । यद्यपी पछि त्यसको कुनै पुष्टी भने हुन सकेन । भिषण बर्षा र बाढीका कारण उत्तर कोरियामा खाद्यान्न आपुर्तिलाई लिएर संकट उत्पन्न भएको छ ।
किम जोंग उनको स्वास्थ्यलाई लिएर भइरहेका अनुमानहरुका बीच दक्षिण कोरियाका रक्षा मन्त्री जियोंग कियोंग डुले किम जोंग उनकी बहिनी किम यो जोंगले सत्तारुढ वर्कस पार्टीको केन्द्रिय कमिटिीमा शक्तिशाली विभागको जिम्मा लिएको आफुलाई लागेको बताए ।
उत्तर कोरियाका बोरेमा जानकारी राख्ने कयौं विशेषज्ञहरुले किम यो जोंगलाई दक्षिण कोरियाको कट्टर विरोधीका रुपमा लिन्छन् ।

प्रतिक्रिया दिनुहोस्