स्विजरल्यान्डमा चकलेट वर्षा !



जेनेभा,(एजेन्सी)

स्विजरल्यान्डको एउटा क्यान्डी कमपनीले कारखानाको भेन्टिलेसन सिस्टममा आएको गडबडीको कारणवरपरको क्षेत्रमा कोका पाउडरको वर्षा हुनपुगेको जनाएको छ । ओल्टेन शहरका वासिन्दाले त्यहाँको लिन्ड्ट एन्ड स्प्रुएन्जली चकलेट कारखाना वरपर हावामा हिउँझैँ कोका पाउडर भरिरहेको बताएका छन् ।

कोकाको बियाँ पिँध्ने क्रममा प्राविधिक त्रुटीको कारण यो समस्या आएको कारखानाले स्विकारेको छ । कारखानाले पछिल्ला दिनहरुमा त्यहाँ बेस्सरी हावा चल्न थालेकाले चकलेटका धुलो वरपर छरिएको बताएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले सर्वसाधारणको सवारी साधन र अन्य भौतिक सम्पत्तिमा जमेको पाउडर सफा गर्नका लागि क्षतिपुर्ति उपलब्ध गराइदिने बताएका छन् । भेन्टिलेसन सिस्टमको मर्मत भइसकको तथा यसबाट वातावरणिय खतरा नरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्