पारदर्शी भित्ता भएका सार्वजनिक शौचालय



टोक्यो,(एजेन्सी)

जापानको राजधानी टोक्योका दुई वटा पार्क अचेल त्यहाँका असामान्य नयाँ विशेषताका कारण निकै चर्चामा रहेका छन् । त्यो हो त्यहाँका पारदर्शी भित्ता भएका शौचालय । निप्पोन प्रतिष्ठानको टाक्यो शौचालय परियोजना अनुसार नामुद वास्तुकार सिगेरु बानले ति शौचालयको डिजाइन गरेका हुन् ।

शौचालय प्रयोगकर्ताले भित्र गएर ढोका थुनेपछि वल्ल ति भित्ता धमिलो हुने गर्दछन् । योयोगी फुकामाची मिनी पार्क र हारु –नो –ओगावा कम्युनिटी पार्कमा राखिएका यि शौचालयको उद्देश्य त्यहाँका उच्च सरसफाइ प्रदर्शन र भित्र कोहि छन् कि छैनन् भन्ने सहज जानकारी दिनु रहेको बताइएको छ ।

टोक्यो शौचालय परियोजनाको वेवसाइटमा जनाइएको छ , ‘ जो कोहिलाई कुनै पनि पार्कमा रहेको शौचालय छिर्नु अघि त्यहाँको सफाइ र भित्र कोहि छ की भन्ने विचारले सताउँछन् । ’ ढोका लगाउना साथ त्यसका भित्ता कुहिरो लागेको जस्तो देखिन्छ । प्रयोगकर्ताहरुले भित्र बस्दा बाहिरबाट कस्तो देखिन्छ भन्ने थाहा नहुने हुनाले ढोका लगाउनै पर्ने अनिवार्यतालाई बिर्सन नहुने बताउँछन् ।

साथै बेलुका पार्कमा ति शौचालय सुन्दर लालटिन जस्तै देखिन्छन् । यि शौचालयमा महिला तथा पुरुषका लागि अलग अलग र दुवैले प्रयोग गर्न सक्ने कक्षहरु छन् ।

प्रतिक्रिया दिनुहोस्