गाँजाको बोट सहितको पिसाब फेर्ने भाँडो !



आम्सटर्डम्स,(एजेन्सी)

नेडरल्यान्डको राजधानी एम्सटर्डम्सका विभिन्न सार्वजनिक स्थलमा जथाभावी पिशाव फेर्ने नराम्रो बानी त्याग्न लगाउने उद्धेश्यले गाजाको बोट भरिएका पिसाब फेर्ने भाडोको व्यवस्था गरिएको छ । डच कम्पनी अर्वान सेन्सेजले सर्वसाधारणलाई पिसाब फेन सजिलो बनाउनका लागि शहरका विभिन्न स्थानमा १२ वटा ग्रिनपि युरिनल्स जडान गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

ग्रिनपि युरिनल्सका आविष्कारक रिचर्ड दि भ्राइजले सन् २०१८ मा यस्त चारवटा युरिनल्स जडानगर्दा आएको सकारात्मक परिणामबाट प्रेरित भएर नै अहिले आठवटा थपिएको बताएका छन् । उनले सिएनएनलाइृ बताएका छन् , ‘ यसको कारण जथाभावी पिसाब फेर्न काममा पचास प्रतिशतले कटौति भएको छ ।

नामै हरित भएकाले प्रतिकात्मक रुपमा यसमा गाजाको बोट राखिएको हो । युरिनल्सले बोटलाई पानी र अर्गानिक ( प्रांगारिक ) मल प्रदान गर्दछ । यसको कारण हरेक वर्ष राति पिासाब गर्न खोज्दा युवाहरु नहरमा खसेर मर्ने घटना पनि नियन्त्रित भएको छ । भविष्यमा महिलाहरुका लागि पनि युरिनल्स बनाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्