पुर्व पत्नीका प्रेमीको गुप्तांग काटिदिए पछि…



लिस्बन (एजेन्सी)

पत्नीले पारपाचुके लिएकोमा क्रोधित सनकी पतिले उनकै अगाडी जापानी सामुराइ छुराबाट उनका नयाँ प्रेमीको गुप्तांग काटिदिएका छन् । यसले प्रेमीको मृत्यु भएको बताइएको छ । यस घटनामा हत्याराले आफ्नी पुर्व पत्नीलाई तारले बाँधेका थिए, ताकि उनले पुरै घटनाक्रम देख्न सकुन ।

घटना पोर्चुगालको एक सानो गाउँको हो । प्रहरीले आरोपी पक्राउ गर्न खोजी अभियान थालेको तर यसबीच हत्याराले पनि आत्महत्या गरेको पत्ता लागेको छ । उक्त डरलाग्दो घटनापछि हत्यारा फरार भएका थिए । त्यसपछि पुर्व प्रेमिका आफै बाँधेको तार फुकाउन सफल भइन् । आरोपीको नाम स्पानइआर्ड कार्लोस सन्डे फिडल्गो हो ।

प्रहरीले हत्याराको खोजी शुरु गर्दा उनले एक पुलबाट हामफालेर ज्यान दिएको थाहा पाएको हो । स्पानइआर्ड कार्लोस सन्डे फिडल्गोको शव पनि प्राप्त भइसकेको छ । उनी पेशाले ब्यापारी थिए र आफ्नी पुर्व पत्नीको नयाँ सम्बन्धलाई लिएर खुसी थिएन । गुप्तांग काटिएकैले प्रेमी लुइस मिगुइलको मृत्यु भएको बताइएको छ । हत्याराले आफ्नी पुर्व पत्नी कहाँ कहाँ जान्छे थाहापाउन उनको गाडीमा जीपीएस ट्य्राकर लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्