विवाहमा ५० भन्दा बढि मानिस सामेल भए कारवाही



Bride and groom holding bright colourful wedding bouquet. Marriage concept

अल्वानी,(एजेन्सी) । 

अमेरिकाको संघिय अदालतले न्युयोर्कले पचास जना भन्दा बढि व्यक्ति जमघट हुने विवाह कार्यक्रम रोक्नका लागि गरेको अपिल सदर गरेको छ । अब प्रत्येक जोडीले यसै सप्ताहान्त देखि पचास जना भन्दा बढि अतिथि निमन्त्रित गर्न नपाउने भएको छ । गवर्नर एन्ड्रयु क्युओमोले २४ जुनमा जमघट माथिको बन्देज फुकुवा गर्ने क्रममा कोरोना भाइरस महामारीको कारण पिछडिएको अर्थतन्त्रलाई टेवा दिन पचास जना व्यक्ति एकै स्थानमा भेला हुन पाउने अनुमति दिएका थिए ।

न्युयोर्कका दुईजना दम्पतीले अन्य रेस्टुरेन्टहरुमा भने क्षमता भन्दा पचास प्रतिशत व्यक्ति उपस्थित हुने अनुमति दिने कार्यकारिणी आदेश भेदभावपूर्ण रहेको भन्दै यस नयाँ नीति विरुद्ध क्षतिपूर्तिको माग गरेका छन् । क्युमोको सो आादेश रोकनेबारे बफालो क्षेत्र निवासी ति दम्पतीको कानुनी आवाजले विजय प्राप्त गरेपनि जिल्ला न्यायधिशले बुधवार यसलाई मान्यता नदिने निर्णय गरेका थिए ।

तसर्थ राज्यले यस मुद्धालाई म्यानह्याटन स्थित संघिय अदालतमा पु¥याइएको हो । संघिय अदालतको यस निर्णयको कारण शनिवार एरी काउन्टिमा १ सय ७५ जना अतिथि उपस्थित गराएर विवाह गर्न लागेका जोडीको क्षतिपुर्ति पनि रोकिने भएको छ । आफ्नो विवाह रोकिएकले तिनीहरुले क्षतिपुर्ति माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्