अमेरिकामा कोरोना बिरामीका लागि प्लाज्मा थेरापी अनुमोदित



वासिंगटन, (एजेन्सी) ।

अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन(एफडिए) ले कोरानो भाइरस संक्रमित बिरामीहरमा प्लाजमा थेरापि प्रयोग गर्ने आपतकालिन अधिकार प्रदान गरेको छ ।

संक्रमणबाट सफल उपचार गराएका व्यक्तिहरुको उच्च प्रतिरोधात्मक क्षमता भएका रक्त प्लाजमा प्रयोग गरी उपचार गर्ने प्रविधिलाई प्लाजमा थेरापि भनिन्छ । अमेरिकामा अहिले सम्म ७० हजार जना भन्दा बढि बिरामीमा यो प्रविधि प्रयोग भइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस उपचार विधिबाट मृतकको संख्यामा पैंतिस प्तिशतले कमि आउन सक्ने आशा व्यक्त गरेका छन् ।

अघिल्लो दिन मात्र ट्रम्पले खोप र अन्य उपचार विधिको निर्माणमा राजनीतिक कारण एफडिएले अवरोध र ढिलोसुस्ती गर्दै आएको आरोप लगाएका थिए । रिपब्लिकन राष्ट्रिय सम्मेलन शुरु हुनै लागेकोबेला एफडिएले यो घोषणा गरेका हो । सो सममेलनमा ट्रम्पले व्हाइट हाउसमा दोश्रो कार्यकालका लागि चुनावी अभियान शुरु गर्ने कार्यक्रम रहेको छ ।

आइत्वार ट्रम्पले पत्रकारहरुलाई भनेका छन् , ‘ यह उपचार विधिलाई मैले लामो समयदेखि कार्यान्वयनमा ल्याउन खोजिरहेको थिएँ । असंख्य अमेरिकी नागरिकको ज्यान जोगाउनका लागि चिनिया भाइरस विरुद्धको युद्धमा यो ऐतिहासिक घोषण गर्न पाउादा मलाई खुशी लागेको छ । यो निकै प्रभाबकारी र शक्तिशाली थेरापि हो । म कोभिड १९ बाट सफल उपचार पाइसकेका अमेरिकीहरुलाई प्लाजमा दानका लागि अगाडि आउन आब्हान गर्दछुं ।’

एफडिएले प्रारम्भिक अनुसन्धानले यदि अस्पतालमा भर्ना गरिएको पहिलो तीन दिनभित्र रक्त प्लाजमा प्रयोग गरिएको खण्डमा मृत्युदर घट्ने र बिरामीको स्वास्थमा सकारात्मक सुधार आउने देखिएको जाएके छ ।

साथै यसको पूर्ण प्रभाबकारिता पत्ता लगाउन थप परिक्षणको अझै जरुरत रहेको पनि बताइएको छ । साथै एफडिएले पछिल्ला महिनाहरुमा संकलित तथ्याँक माथिको व्यपक र गमभीर पुनरावलोकनपछि यो प्रविधि सुरक्षित रहेको निर्णयमा पुगेको पनि जनाएके छ । तर थुप्रै विशेषज्ञहरु लगायत व्हाइट हाउसस्थित कोरोना भाइरस विरुद्धको कार्यदलका सदस्य एन्थोनी फसीले यसको विशवसनियता प्रति अझै शँका रहेको अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्