टिकटकले ट्रम्पविरुद्ध कानुनी प्रक्रिया चाल्ने



बेइजिङ, (एजेन्सी)
चिनियाँ भिडियो एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी कारबाही चलाउने भएको छ। ट्रम्पले जारी गरेको कारोबार प्रतिबन्धमाथिको कार्यकारिणी आदेशका कारण टिकटकको मालिक बाइटड्यान्सले सेप्टेम्बरदेखि कारोबार गर्न पाउने छैन।

वासिङ्टनका अधिकारीहरू यस कम्पनीले अमेरिकन युजरहरूको डाटा चिनियाँ सरकारलाई उपलब्ध गराएको हुनाले राष्ट्रिय सुरक्षामा खतरा आउनसक्ने आरोप लगाउँदै आएको छ। तर, बाइटड्यान्सले यो आरोपको खण्डन गर्दै आइरहेको छ। अमेरिकामा यस सर्ट भिडियो– सेयरिङ ८ करोड युजर सक्रिय छन्।

टिकटकले विगत एक वर्षदेखि ट्रम्पको सरकारसँग सम्पर्क राख्ने प्रयास गर्दै राख्दै आएको तर प्रक्रियाको अभाब महसुस भएको तथा सरकारले सत्य तथ्यमा ध्यान नदिएको जनाएको छ। टिकटकका प्रवक्ताले ट्रम्पको कार्यकारिणी आदेशलाई न्यायिक प्रणालीमार्फत चुनौती दिनुबाहेक अरू विकल्प नरहेको र यसै साताभित्रै यो काम शुरू हुने बताएका छन् ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एप विच्याटविरुद्ध जारी गरेको यस्तै प्रकारको आदेशविरुद्ध एउटा चिनियाँ–अमेरिकी समूहले पनि छुट्टै मुद्दा दायर गरेको छ। विच्याट चिनियाँ फर्म टेन्सेन्टको स्वामित्वमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्