रूसद्वारा अर्को कोरोना भाइरस खोप तयार



मस्को, (एजेन्सी)
रूसले अर्को कोरोना भाइरस खोप विकसित गर्नमा सफलता प्राप्त गरेको छ। यो एपिभ्याक कोरोना खोपमा पहिलाको जस्तो कुनै साइड इफेक्ट नहुने बताइएको छ।

यसअघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक भी नामको कोरोना भाइरस खोप बनाउने घोषणा गरेका थिए। यद्यपि, यस खोपको कैयौं साइड इफेक्टलाई लिएर रूसको कडा आलोचना भएको थियो।

रूसले यो नयाँ खोपको नाम एपिभ्याक कोरोना दिएको छ। यस खोपलाई पनि विज्ञहरूबाट आशंका उठाउन सकिने बताइएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले कुनै पनि कोरोना खोप सन् २०२१ अघि आउन नसक्ने बताएको थियो। रूसले एपिभ्याक कोरोना खोपको निर्माण साइबेरियामा सोभियत संघ कालीन एक पूर्वअतिगोप्य जैविक हतियार केन्द्रमा गरिरहेको छ।

रूसको यो नयाँ कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा पूरा भएको वैज्ञानिकले बताएका छन्। जसमा ५७ जनामा यो खोप दिइएको थियो र उनीहरूमा कुनै साइड इफेक्ट देखिएको थिएन।

सबै स्वयंसेवकहरूले राम्रो महसुस गरिरहेको उनीहरूले बताए। उनीहरूलाई २३ दिनसम्म अस्पतालमा राखिएको थियो ताकि उनीहरूको परीक्षण गर्न सकियोस्। समाचार एजेन्सी इन्टरफ्याक्सले भनेको छ– ‘सबै स्वयंसेवकले राम्रो महसुस गरिरहेका छन्। कुनै प्रकारको दुष्प्रभाव हालसम्म पाइएको छैन।’

स्वयंसेवकलाई १४ देखि २१ दिनभित्र दुईपटक नयाँ खोपको डोज दिइएको थियो। यो खोपको दर्ता अक्टोबरमा गर्न सकिने र नोभेम्बरमा उत्पादन शुरू हुने रूसले अपेक्षा गरेको छ। यो खोपलाई वेक्टर स्टेट रिसर्च सेन्ट अफ वायरोलोजी एन्ड बायोटेक्नोलोजीले तयार गरेको हो। यो प्रयोगशाला विश्वको ती दुई स्थानमध्येमा पर्छ जहाँ चमराको भाइरस राख्न अनुमति छ, अर्को स्थान भनेको अमेरिका हो।

रूसको कोरोना खोप विकसित गरेको दाबीलाई लिएर शुरूदेखि नै विवाद उठिसकेको छ। अमेरिका र जर्मनीजस्ता राष्ट्रले मस्को खोप स्पुतनिक भीमाथि आशंका व्यक्त गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि रूससँग खोपको आवश्यक डाटा तथा प्रमाण माग गरेको थियो।

विशेषज्ञका अनुसार जबसम्म तेस्रो चरणको डाटामा काम हुँदैन खोप सुरक्षित मान्न सकिँदैन। यसबीच रूसले २० देशबाट ठूलो परिमाणमा अर्डर प्राप्त भइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्