लमजुङमा थप ५ दिन निषेधाज्ञा हुने



शिक्षा पन्त,लमजुङ ।

लमजुङमा ५ दिनदेखी जारी निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजे सम्मलाई निरन्तरता दिएसँगै थप ५ दिन निषेधाज्ञा हुने भएको छ । यसअघि भदौ ३ गते ५ दिन निषेधाज्ञा गर्ने आदेश जिल्ला प्रशासन कार्यालय लमजुङले जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माका अनुसार यसअघिको निषेधाज्ञाको निर्णय आईतबार राती १२ बजेसम्म भएपनि आईतबार बसेको संकट ब्यबस्थापन केन्द्रको बैठकले थप ५ दिन निरन्तरता दिईएकोे हो ।

जिल्लाभित्र कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा यस अघि जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ५ दिन निषेधाज्ञा तोकिएको थियो । बैठकले अत्याबश्यक काम बोहक घरबाहिर निस्कन तथा हिडडुल गर्नलाई यसअघि रोक लगाएकोमा यस अघिका सबै निर्णयलाई निरन्तरता दिएको छ ।

शैक्षिक संस्थाहरु संचालन गर्न, सबै प्रकारका सभा गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरेञ्जन स्थल, शैलुन, ब्युटी पार्लर लगायतलई रोक लगाईएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।

मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु, एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यासामग्री पशुपंक्षीका दाना, तरकारी, फलफुल, दुधजन्य उत्पादन,माछा,मासु, पानी बोक्ने साधन, निर्माण सामग्री ढुवानी गर्ने साधन, मालवाहक सवारी साधन, अत्यावश्यक सेवा र सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी साधनहरु बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी सााधनहरु सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्