बझाङको गोर्खाली गाउँका २५ घर पहिरोको उच्च जोखिममा,६ परिवार बिस्थापित



ललित सिंह, बझाङ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका वडानं ७ गोर्खाली गाउँका २५ घर पहिरोको उच्च जोखिममा परेका छन् । बर्खायाममा आयको अबिरल बर्षाका कारण गोर्खाली गाउँको फाटे टोल र किमसैन टोल लगायत अन्य टोलका घर पहिरोको उच्च जोखिममा परेका छन् भने ६ परिवार बिस्थापित भएका छन् ।

साउन २५/२६ र २८ गते आएको अबिरल बर्षा संगै गोर्खाली गाउँका २५ घर पहिरोको जोखिममा परेका हुन् । गोर्खाली गाउँका घरहरुको माथी देखी र अगाडी आगनबाट भत्किन सुरु भएपछि छ परिबार बिस्तापित भएका छन् । घर माथी बाट राती पहिरो आए पछि गोर्खाली गाउँको फाटे टोलका हिरा बहादुर सिंहको घरको पछाडी पट्टी (दतार ) बाट पहिरो आएर सो परिवारका सबै सदस्य घर बिहिन भई आफन्तको घरमा बस्दै आएको बाढी पिडीत हिरा बहादुर सिंहले बताए । उनले भने “अब त मेरो घरबिहिन भैसकेको छ ।

नत अकै ठाउँमा घर लगाउने जग्गानै छ, नत जग्गा किनेर घर लगाउने पैसा नै छ १२ जनाको परिवार अहिले पहिरोका कारण बिचल्लीमा परेका छौ” । यस्तै सोहि गाउँका जयराम खड्का,धौल्या रावत,गजेन्द्र सिंह,लोकेन्द्र सिंह,रतन सिंह,अर्जुन सिंह,भाना खड्का,रुद्ध खड्का,पदम खड्का,सुर्जन सिंह,मोहन सिंह गणेश खड्का,नन्द्र खड्का,दिल खड्का लगायत अन्य गोर्खाली गाउँका २५ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

यी मध्ये जयराम खड्का,गणेश खड्का,नन्द खड्का,अम्मर सिंह,गोरख सिंह,गजेन्द् सिंह पहिरोले गर्दा घर बिहिन भई आफन्त र गोरु बाध्ने गोठानमा बस्दै आएका छन् । पहिरो पिडीत जयराम खड्काले भने अबिरल बर्षाका कारण आफ्नो तिन तले घर पुरै भत्किएको छ भने सबै दाजुभाईको पनि पहिरोले परिवार नै बिस्थापित गरेको छ ।

उनले भने “अहिले ३५ जना परिवारको बिचल्ली भएको छ अब के गर्ने मेरो त बरवादै भयो बर्षा आएको दिनमा घरको अगाडी दिनानु दिन भत्किदै गएको छ । हामी सबै नजिकैको भैसि बाध्ने छानामा हुलहाल गरी बसिरहेका छौ” । गाउँलेहरुले पानी आएको दिनमा रातभरी टर्च बाली चौकिदारी गर्नु बाध्यता समेत आएको छ ।

खप्तडछान्ना ७ गोर्खालीका भिम बहादुर सिंहले भने ननिदाएको पनि हप्तौ दिन भैसक्यो कतिखेर पहिरो जान्छ भन्ने त्रासले सताई रहेकोे छ । यहाको बस्ती नै पुरै जोखिममा परेको छ भने केहि घरका परिवार पुरै बिस्थापित भैसकेका छन् । अहिले पनि दर्जनौ घर पहिरोको उच्च जोखिममा रहेका छन् । कसैका गोरु गोठ र जग्गा पूर्ण रुपमा क्षती भएको छ ।

बर्षायामको अबिरल बर्षाका कारण खप्तडछान्ना गाउँपालिका वडानं. ७ साबिकको गडराय गाबिस वडानं १ देखि ९ सम्मका स्थानीय बासिन्दाहरुको धेरै क्षती भएको खप्तडछान्ना गाउँपालिका वडानंं ७ का वडाअध्यक्ष राम बहादुर सिंहले बताए । उनले भने यो बर्खायामका सबै स्थानीयहरुको धेरै क्षती भएको छ ।

कसैको घर बिहिन अवस्थामा छन् भने कसैको कमाई खाने जग्गा जमिन ,खेत बगाई सुकुम्वासी जस्तै भएका छन् । उनले स्थानीयलाई पिडा पर्दा खेरी आफ्नो वडा भित्र रहेका सबै टोलटोल र घरघरमा स्थलगत अनुगमन गर्दा काहिँ बस्ती नै सार्नु पने देखिन्छ भने यसका लागी पहल भई रहेको समेत बताए ।

अहिले जिल्लाका बिभिन्न स्थानीय तहका टोल बस्ती पहिरो र बाढीको उच्च जोखिमा रहेका छन् । कति परिवार त घर बिहिन नै भैसकेको अवस्थामा तिनै तहको सरकारले तत्काल पिडीतको पूर्नस्थापना,उचित बासको ब्यावस्था गरी जनताहरुको घाउँमा मलम लगाउन आवश्यक देखिन्छ ।

चुनाबको समयमा मेरा कार्यकता हाम्रो पाटीका कार्यकर्ता भन्ने र बिपत्त पर्दा गन्ती नलगाउँने प्रबृतिले अहिले स्थानीय बासिन्दा आक्रोस पोख्दै आएका छन् । तत्काल पहिरो पिडीतको समस्या सबै सरोकारवालाले बुझि समाधान गर्न आवश्यक देखिन्छ । हाल दुई महिनाको अबधीमा बाढी र पहिरोका कारण जिल्लामा ९ जनाको ज्यान गएको छ भने दुई दर्जन भन्दा बढी बस्तीहरु पहिरोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्