‘१२ वर्ष उमेर माथिका बालबालिकाले मास्क लगाउनुपर्ने’



न्युयोर्क,(एजेन्सी)

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले एउटा निर्देशिका जारी गर्दै १२ वर्ष भन्दा माथि उमेरका बालबालिकाले तिनीहरको देश वा क्षेत्रका वयस्कहरुलाई तोेकिए अनुसार मास्क लगाउनु पर्ने जनाइएको छ । सो उमेर मुनिका बालबालिकाले तुलनात्मक रुपमा कमै भाइरस सक्रमण गर्ने गरेको तथा वयस्कहरुले जस्तै किशोरहरुले त्यहि दरमा भाइरस संक्रमण हुने गरेको अनुसन्धानबाट थाहा हुन आएको छ ।

डब्ल्युएचओका अनुसार पाँच वर्ष उमेर मुनिका बालबालिकाले सामान्यतया मास्क् लगाउनु नपर्ने जनाएको छ । विश्वभरिका ८ लाख भन्दा बढि मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । जोहन्स होप्किन्स युनिभर्सिर्टीका अनुसार कम्तिमा २ करोड ३० लाख व्यक्ति संक्रमित भइसकेको र अधिकांश पिडित अमेरिका , ब्राजिल र भारतमा भेटिएको जनाएको छ ।

वास्तवमा आवश्यक मात्रामा स्वास्थ परिक्षण भइनसकेकाले संक्रमितको संख्या सार्वजनिक भएको भन्दा बढि हुनुपर्ने बताइएको छ । दक्षिण कोरिया , युरोपेली संघ ( इयु ) र लेवनान मा संक्रमितको संख्या बढिहरको छ ।

बालबालिकाहरुको सम्पर्कमा रहेर काम गर्ने तथा ६० वर्ष उमेर माथिका वयष्कहरुले मास्क लगाउनु पर्ने डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओका प्रमुख टेड्रोस एधानोम घेब्रेससले संभवत दुई वर्ष भित्रमा कोरोना भाइरस समाप्त हुने बताए तापनि वेलायतका एक्जना वरिष्ठ बैज्ञानिक सल्लाहकारले कोभिड १९ कहिल्यै उन्मुलन नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्