टिकटकले ट्रम्पविरुद्ध कानुनी प्रक्रिया चाल्ने



बेइजिंग,(एजेन्सी)

चिनिया भिडियो एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु माथि लगाएको प्रतिवन्धलाई चुनौति दिन कानुनी कारवाही चलाउने भएको छ । ट्रम्पले जारी गरेको कारोवार प्रतिवन्ध माथिको कार्यकारिणी आदेशको कारण टिकटकको मालिक बाइटड्यान्सले सेप्टेम्वर देखि कारोवार गर्न पाउने छैन ।

वासिंगटनका अधिकारीहरु यस कम्पनीले अमेरिकन युजरहरुको डाटा चिनिया सुरकारलाई उपलब्ध गराउने हुनाले राष्ट्रिय सुरक्षामा खतरा आउनसक्ने आरोप लगाउँदै आएको छ । तर बाइटड्यान्सले यो आरोपको खण्डन गर्दै आइरहेको छ । अमेरिकामा यस सर्ट भिडियो – सेयरिंग एपका ८ करोड युजर सक्रिय छन् ।

टिकटकले विगत एक वर्ष देखि ट्रम्पको सरकारसंग सम्पर्क राख्ने प्रयास गर्दै राख्दै आएको तर प्रक्रियाको अभाब महशुस भएको तथा सरकारले सत्य तथ्यमा ध्यान नदिएको जनाएको छ । टिकटकका प्रवक्ताले ट्रम्पको कार्यकारिणी आदेशलाई न्यायिक प्रणाली मार्फत चुनौति दिनु बाहेक अरु विकल्प नरहेको र यसै साता भित्रै यो काम शुरु हुने बताएका छन् ।

गत शुक्रवार राष्ट्रपति ट्रम्पले सामाजिक संजाल एप विच्याट विरुद्ध जारी गरेको यस्तै प्रकारको आदेश विरुद्ध एउटा चिनिया –अमेरिकी समुहले पनि छुटै मुद्धा दायर गरेको छ । विच्याट चिनियाँ फर्म टेन्सेन्टको स्वामित्वमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्