विमानस्थलको धावनमार्गमा भालु !



मस्को,(एजेन्सी)

रसियाको एउटा विमानस्थलमा अवतरण हुन लागेको एउटा यात्रुवाहक विमान करिव २० मिनेट आकासमै अडिन बाध्य कुनुको अनौठो कारण बाहिरिएको छ । धावनमार्गमा एउटा भाुलु डुलिरहेको कारण यो घटना भएको हो ।

नोभोसिविस्र्ककबाट उडेको एस ७ एयरलायन्सको उडानमा रहेको सो विमान मागाडान स्थित विमानस्थलमा अवतरण हुन लाग्दा चालकदलले धावनमार्गमा भालु देखेको हो ।

धावन मार्गभन्दा करिव ५ सय फिट उचाइमा रहँदा चालक दलले एक्कासी भालु देखेपछि विमानलाइ पुन विमानस्थलको चककर लगाएर माथि लगेको थियो । भालु खतराकाो क्ष्ोत्रभन्दा बाहिर गएको निशिचत भएपछि त्यसलाई सकुशल अवतरण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्