विश्वकै सबैभन्दा जेठो व्यक्तिको निधन



जोहान्नेसवर्ग,(एजेन्सी)

विश्वको सबैभन्दा पाको उमेरका व्यक्ति मानिएका दक्षिण अफ्रिकी नागरिकको १ सय १६ वर्ष उमेरमा निधन भएको छ । फ्रेडी ब्लोम नामक ति वृद्धको सन् १९०४ को मे महिनामा इस्टर्न केप प्रान्तमा जन्मेको परिचय पत्रमा उल्लेख गरिएको छ । तर यस दस्तावेजलाई गिनिज वल्र्ड रिकर्डले कहिल्यै पुष्टि गरेको छैन ।

उनी किशोरावस्थामा रहँदा उनको परिवारका सम्पूर्ण सदस्यको स्न १९१८ तिर स्पेनिस फ्लुको महामारीमा मृत्यु भएको थियो । उनले दुई वटा विश्व युद्ध र रंगभेदको सामना गरेका थिए । उनले सनु २०१८ मा वीवीसीसंग कुरा गर्ने क्रममा भनेका थिए , ‘ मेरो दिर्घायुको खासै कुनै विशेष रहश्य भने छैन । मािथ बस्ने भगवान नै सबैथोक हुन् ।

सबै शक्ति भगवानमै छ । मसंग के पनि छैन । म कुनै पनिबेला ढल्न सक्थें तर उहाँले मलाई सहारा दिइराख्नु भएको छ । ’
उनले आफ्नो जीवनको अधिकांश समय श्रमिकको रुपमा बिताएका थिए । उनले पहला कृषि फार्ममा र पछि निर्माण उद्योगमा काम गरेका थिए । उनले असी वर्षको उमेरमा मात्र कामबाट अवकाश लिएका थिए । उनले रक्सी पिउन भने लामो समय अघि नै त्यागेका थिए ।

उनी धुमपान भने नियमित रुपमा गर्दै आएका थिए । तर कोरोना भाइरस महामारीको कारण दक्षिण अफ्रिकी सरकारले सुर्तीको बेचविखनमा रोक लगाएकोले उनले १ स १६ औं जन्मदिनमा चुरोट रोल गर्न सुर्ती पाउन सकेको थिएन ।

ब्लोम परिवारले उनको शनिवार केप टाउनमा सामानय कारणबाटै निधन भएको जनाएको छ । परिवारका प्रवक्ता एन्द«े नाइडूले एएफपि समारचार निकायलाई भनेका छन् , ‘ दुई साता अघि सम्म ओएपा ( हजुरबुबा ) ले अझै काठ चिर्दै हुनुहुन्थ्यो । उहाँ शक्तिशाली र पूर्ण गौरवशाली हुुनुहुन्थ्यो । तर उहााको निधन कोरोनाको कारण भएको होइन । ’

प्रतिक्रिया दिनुहोस्